फुटबल

फिफा विश्वकपः अर्जेन्टिनाले मेक्सिकोसँग खेल्दा आज पनि अन्य तीन खेल

इकागज |
मंसिर १०, २०७९ शनिबार ७:४७ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज पनि चार खेल हुँदैछन् । आज समूह 'सी' र 'डी' का चार खेल हुने भएको हो ।

समूह 'सी' अन्तर्गत पोल्यान्ड र साउदी अरेबिया तथा अर्जेन्टिना र मेक्सिकोबीच खेल हुने तालिका रहेको छ । पोल्यान्ड र साउदी अरेबियाबीचको खेल साँझ ६:४५ बजेबाट सुरु हुनेछ ।


पोल्यान्डविरुद्ध मैदानमा उत्रदाँ साउदी अरेबियाको मनोबल उच्च रहनेछ किनभने उसले पहिलो खेलमा उपाधि दावेदार अर्जेन्टिनालाई २-१ गोलअन्तरले पराजित गरेको थियो । अर्कोतर्फ मेक्सिकोसँग पहिलो खेल गोलरहित बराबरी खेलेको पोल्यान्ड भने जितको खोजीमा हुनेछ ।

यता अर्जेन्टिना र मेक्सिकोकोबीचको खेल राति १२:४५ बजेबाट सुरु हुनेछ । यी दुबै टोली पनि पहिलो जितको खोजीमा हुनेछने ।

समूह 'डी' मा भने अस्ट्रेलियाले ट्यूनिसिया तथा फ्रान्सले डेनमार्कविरुद्ध खेल्नेछन् । अस्ट्रेलियाले ट्यूनिसियाबीचको खेल अपरान्ह ३:४५ मा सुरु हुनेछ । पहिलो खेलमा ट्यूनिसियाले डेनमार्कसँग गोलरहित बराबरी खेलेको तथा अस्ट्रेलियाले फ्रान्ससँग ४-१ को पराजय भोगेका कारण दुबै टिम जितको खोजीमा हुनेछन् ।

यता फ्रान्स र डेनमार्कबीचको खेल राति ९:४५ मा सुरु हुनेछ । पहिलो खेलमा जित हात पारेको फ्रान्सले सोही लयलाई कायम राख्न चाहन्छ भने डेनमार्क पहिलो जितको खोजीमा छ ।


Author

थप समाचार
x