सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

के हुँदैछ आजको नेकपा स्थायी कमिटी बैठकमा ?

फाइल तस्बिर

काठमाडौं : अन्तरसंघर्षको उत्कर्षमा पुगेको सत्तारुढ नेकपाको आज बस्‍ने स्थायी कमिटी बैठक थप पेचिलो बन्‍ने देखिएको छ । लामो समयदेखि जारी विवाद समाधान गर्न नसकेर रुमल्लिरहेको नेकपाभित्रको विवाद सरकारको सिफारिसमा राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेसँगै थप चर्किने देखिएको हो ।

यसअघि मंसिर २८ गते बसेको स्थायी कमिटी बैठकमा पार्टी केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गरेर आजसम्मका लागि स्थगित भएको थियो । आजको बैठकमा अध्यक्षद्वयले पेश गरेका प्रस्तावहरूमाथि छलफल गर्ने भनिएको थियो । तर मंगलबार विकसित भएको  संवैधानिक परिषद् बैठक र त्यसका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा मन्त्रिपरिषद्सँग छलफलै नगरी अध्यादेश जारी गरेसँगै आजको बैठक पनि त्यतैतिर मोडिने देखिएको छ।

'पार्टी कमिटी र मन्त्रिपरिषद्‍मा छलफलै नगरी अध्यादेश जारी गर्ने विषय आजको प्रमुख एजेण्डा हो,' वरिष्ठ नेता झलनाथ खनालले भने, 'त्यसपछि बैठकको नियमित एजेण्डा त छँदैछ ।' मंगलबार दिनभरका घटनाक्रमका विषयमा ओलीइतर सचिवालयका पाँचजना नेताहरू अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा छलफल गरेका थिए । छलफलबाट उनीहरूले अध्यादेश फिर्ता लिन निर्देशन दिने गरीको छलफल अगाडि बढाउने निष्कर्ष निकालेका थिए ।

तर प्रधानमन्त्री ओलीको सचिवलायले अजेण्डा के हुने भन्‍ने बैठकको निरन्तरता कहाँबाट हो भन्‍ने कुराले  निर्धारण गर्ने बताएको छ। त्यसमा अरू विषयमा छलफलै नहुने भन्‍ने नभएको ओलीको सचिवालय स्रोतको भनाइ छ । बैठक १ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्‍ने छ। बैठक सुरु हुनु केही समय अघि नै दाहाल-ओलीसँगको 'वान टू वान' छलफलका लागि बालुवाटार पुगेका छन् । यही छलफलले ओली बैठकमा उपस्थित हुने पनि निर्धारण हुने बताइएको छ ।

र, यो पनि
- ओलीलाई भेट्‌न बालुवाटार पुगे दाहाल
- अध्यादेशविरुध्‍द सर्वोच्‍चमा परेको रिटमा के छ ?
- सम्पादकीय : सरकारको स्वेच्छाचारिताविरुध्द संसद्ले शक्ति प्रदर्शन गर्छ ?
- अध्यादेशविरुध्द सर्वोच्‍चमा रिट दायर
- राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाऔं : तरुण दल
संवैधानिक परिषद्‍ले गर्‍यो १५ पदमा नियुक्ति सिफारिस
प्रधानन्यायाधीशले स‌ंविधान र कानुन सम्झाएपछि हच्किए प्रधानमन्त्री
अध्यादेश संविधानको मर्ममाथिको प्रहार : विवेकशील साझा
अध्यादेशबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक
अध्यादेश खारेज गर्न नेकपा दाहाल-नेपाल समूहको माग
- 'सभामुखले निष्पक्ष र तटस्थ रुपमा जिम्मेवारी निभाइरहनुभएको छ'
देउवा र सापकोटाबिना बालुवाटारमा संवैधानिक परिषद् बैठक जारी
प्रधानमन्त्रीले चाल्नसक्‍ने सम्भावित कदम
प्रधानमन्त्री-राष्ट्रपति गठजोड : शितलनिवासको शंकास्पद् 'अध्यादेश मोह'
धर्मसंकटमा प्रधानन्यायाधीश (पुरानो त्यो नजिरसहित)
कसरी गरियो अध्यादेश जारी गर्ने सिफारिस ?
पार्टी फुटाउन खोजेको दाहाल-नेपाल समूहको निष्कर्ष
संवैधानिक परिषद्सम्बधी अध्यादेश राजपत्रमा प्रकाशित
विशेष सम्पादकीय : ओलीको जालीझेली चरित्रले दुर्घटना निम्त्याउँदै
निर्वाचित प्रधानमन्त्रीले नै लोकतन्त्रको उपहास गरे : दाहाल
जारी अध्यादेशले के गर्न मिल्छ, के गर्न मिल्दैन ?
जनार्दन शर्मा भन्‍छन्- अध्यादेश फिर्ता गर
- प्रधानमन्त्रीको एकल निर्णय : नेकपा प्रवक्ता
अध्यादेश जारीपछि देउवा संवैधानिक परिषद् बैठकमा नजाने
- 'सभामुखले संवैधानिक दायित्व र कर्तव्यविपरीत बैठक बहिष्कार गरे'
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश जारी
- आकस्मिक मन्त्रिपरिषद् बैठक सकियो
संवैधानिक परिषद् बैठक : सभामुख नजानुको कारण अनेक, देउवा जानुको कारण एक
सभामुख नगएपछि संवैधानिक परिषद्‍को बैठक स्थगित
संवैधानिक परिषद्‍को बैठक सुरु, सभामुख सापकोटा अनुपस्थित
ओलीले एकलौटी गरेपछि संवैधानिक परिषद् बैठकमा सभामुख नजाने, बैठक अन्यौलमा
कोरम नपुगेपछि संवैधानिक परिषद्‍को बैठक स्थगित
यसकारण बस्दैन आइतबार बोलाइएको संवैधानिक परिषद् बैठक
संवैधानिक परिषद् बैठकमा देउवा नजाने
संवैधानिक अंगका उम्मेदवारको सूची प्रधानमन्त्रीको खल्तीमा, कसले मार्ला बाजी ?