जनार्दन शर्मा भन्छन्- अध्यादेश फिर्ता गर
फाइल तस्बिर
काठमाडौं : नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारी गरेपछि सत्तारुढ दलका नेताहरु रुष्ट बनेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेपछि सत्तारुढ दलका नेताहरु रुष्ट बनेका हुन् ।
नेकपाका नेता जनार्दन शर्माले अध्यादेश फिर्ता हुनुपर्ने धारणा राखेका छन् । 'सत्ता स्वार्थको परकाष्ठा किन ?' शर्माले प्रश्न गरेका छन् । छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन नसक्ने शर्माको धारणा छ ।
फेरि अध्यादेश !
— Janardan Sharma (@JSPrabhakar) December 15, 2020
सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थिति बाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर ।।
'फेरि अध्यादेश ! सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन' शर्माले ट्वीट गरेका छन् 'हतास मनस्थिति बाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर ।'
र, यो पनि
- प्रधानमन्त्रीको एकल निर्णय : नेकपा प्रवक्ता
- अध्यादेश जारीपछि देउवा संवैधानिक परिषद् बैठकमा नजाने
- 'सभामुखले संवैधानिक दायित्व र कर्तव्यविपरीत बैठक बहिष्कार गरे'
- राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
- आकस्मिक मन्त्रिपरिषद् बैठक सकियो
- संवैधानिक परिषद् बैठक : सभामुख नजानुको कारण अनेक, देउवा जानुको कारण एक
- सभामुख नगएपछि संवैधानिक परिषद्को बैठक स्थगित
- संवैधानिक परिषद्को बैठक सुरु, सभामुख सापकोटा अनुपस्थित
- ओलीले एकलौटी गरेपछि संवैधानिक परिषद् बैठकमा सभामुख नजाने, बैठक अन्यौलमा
- कोरम नपुगेपछि संवैधानिक परिषद्को बैठक स्थगित
- यसकारण बस्दैन आइतबार बोलाइएको संवैधानिक परिषद् बैठक
- संवैधानिक परिषद् बैठकमा देउवा नजाने
- संवैधानिक अंगका उम्मेदवारको सूची प्रधानमन्त्रीको खल्तीमा, कसले मार्ला बाजी ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया