खेलकुद

मन्त्रालयको बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउन सकिन्छ : मन्त्री  श्रेष्ठ

इकागज |
बैशाख २७, २०८१ बिहीबार १५:५६ बजे

फाइल फाेटाे

काठमाडौँ - खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउन सक्ने अवस्था रहेको बताएका छन् । 

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री श्रेष्ठले खेलकुद मन्त्रालयको बजेट अत्यन्त न्यून रहेको भन्दै उक्त बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउन सक्ने अवस्था रहेको बताएका हुन् । 


कम बजेट भएको मन्त्रालयमा खेलकुद पूर्वाधारको माग भने देशको बजेट भन्दा ठूलो रहेको उनले बताए । मन्त्री श्रेष्ठले बजेट र उपयुक्त नीतिको अभावका काण खेलकुद पूर्वाधारको बिकास हुन नसकेको जिकिर गरे । 

उनले खेलकुद ऐन संशोधनको तयारी भइरहेको भन्दै यसका लागि आवश्यक सुझाव संकलन गर्ने काम समेत जारी रहेको जानकारी दिए । 

बैठकमा समिति सदस्यहरूले खेलकुद क्षेत्रमा खेलाडीहरूले पछिल्लो समय निकै राम्रो प्रदर्शन गरेपनि त्यही अनुसार पूर्वाधारमा सरकारले ध्यान दिन नसकेको बताएका थिए । 


Author

थप समाचार
x