अदालत

आफ्नो इच्छा नहुँदा न्यायाधीश बनेँ : प्रस्तावित प्रधानन्यायाधीश कार्की

इकागज |
जेठ ३२, २०८० बिहीबार ९:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले तत्कालीन प्रधान्यायाधीशसमेतको आग्रहमा आफू सर्वोच्चको न्यायाधीश नियुक्त भएको बताएका छन् । बिहीबार संसदीय सुनवाई समितिमा बोल्दै प्रस्तावित प्रधानन्यायाधीश कार्कीले आफू इच्छा विपरीत सर्वोच्चको न्यायायाधीश नियुक्त भएको बताएका हुन् ।

'तत्कालीन प्रधानन्यायाधीशज्यूले आउनुस् बाहिर बसेर मात्र हुँदैन भन्नुभयो । मेरो आफ्नो इच्छा थिएन' कार्कीले भने ।


संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।


Author

थप समाचार
x