क्रिकेट

ज्यापले गर्‍यो सन्दिपसहित ६ क्रिकेट खेलाडी प्रयोजन

इकागज |
जेठ ११, २०७९ बुधबार १७:२६ बजे

काठमाडौँ - नेपाली पुरुष क्रिकेट टिमका ६ खेलाडीलाई ज्याप क्रिकेट (खेलकुद ब्रान्ड)ले प्रायोजन गरेको छ । क्रिकेट टिमका कप्तान सन्दिप लामिछने सहित ६ खेलाडीलाई ज्यापले प्रयोजन गरेको हो। 

प्रयोजन भएका अन्य खेलाडीमा बिनोद भण्डारी, सुनिल धमला, देव खनाल, भिम सार्की र आदिल आलम रहेका छन । ज्यापले यसअघि महिला खेलाडी सवनम राईलाई पनि प्रायोजन गरेको थियोे ।



Author

थप समाचार
x