क्रिकेट

बीबीएलमा विदेशी खेलाडीका लागि बोलकबोल हुने

इकागज |
असार ८, २०७९ बुधबार १२:३ बजे

काठमाडौँ – अष्ट्रेलियाको बिग बाश लिग (बीबीएल) मा विदेशी खेलाडीका लागि पहिलो पटक बोलकबोल हुने भएको छ । बीबीएलमा सहभागी टिमले कम्तीमा दुई तथा बढीमा तीन जना विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको छ ।

यसका लागि पहिलो पटक बोलकबोलमार्फत खेलाडी छनोट हुने भएको छ । यस अघि बीबीएलमा सहभागी ८ टिमले आफ्नै हिसाबले विदेशी खेलाडी भित्र्याउने गरेका थिए ।


सन् २०२२-२३ को सिजनका लागि आगामी अगस्टमा बोलकबोल हुने भएको छ । र यसका लागि विदेशी खेलाडीहरूले दर्ता गर्नुपर्नेछ ।

खेलाडीको दर्ता प्लाटिनम, गोल्ड,सिल्भर र ब्रन्ज क्याटेगोरीमा हुनेछ । प्लाटिनम क्याटेगोरीबाट छनोट हुने खेलाडीले कम्तीमा ३ लाख ४० हजार अष्ट्रेलियन डलर प्राप्त गर्नेछन् । त्यसैगरी, गोल्ड क्याटेगोरीका खेलाडीले कम्तीमा २ लाख ६० हजार डलर, सिल्भर क्याटेगोरीका खेलाडीले कम्तीमा १ लाख ७५ हजार डलर तथा ब्रन्ज क्याटेगोरीका खेलाडीले कम्तिमा १ लाख डलर प्राप्त गर्ने बताइएको छ ।

सहभागी टिमले गत वर्ष टिममा रहेका एक खेलाडीलाई रिटेन (पुनः राख्न) गर्न पाउनेछ । नेपाली क्रिकेट टिम सन्दीप लामिछानेले गत सिजनमा होबार्ट हरिकेन्सबाट खेलेका थिए ।


Author

थप समाचार
x