क्रिकेट

नेपाल टी-ट्वान्टी लिग सम्बन्धी सम्झौता तत्काल खारेज हुनुपर्ने राखेप कार्यदलको ठहर

इकागज |
माघ ११, २०७९ बुधबार १६:२८ बजे

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद्‍ (राखेप) ले गठन गरेको नेपाल टी-ट्वान्टी लिग छानबिन कार्यदलले नेपाल टी-ट्वान्टी क्रिकेट लिगका लागि भएको सम्झौता तत्काल खारेज गर्न उचित रहेको ठहर गरेको छ ।

राखेपले बोर्ड सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन कार्यदल गठन गरेको थियो उक्त कार्यदलले राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई बुधबार प्रतिवेदन बुझाएको हो । समितिले नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसहित वर्तमान तथा पूर्व क्रिकेटरसँग बयान लिएको थियो ।


छानबिन कार्यदलले बुझाएको प्रतिवेदन अनुसार प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया नपुर्‍याई गरिएको सम्झौता तत्काल खारेज गर्न उचित रहेको ठहर गरेको हो ।

लिगका लागि क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरेको थियो । तर उक्त कार्यदलले भने लिगका क्रममा भएको फिक्सिङका बारेमा केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कानुनी कारबाहीका लागि सहयोग पुर्‍याउने जनाएको छ ।


Author

थप समाचार
x