क्रिकेट

सन्दिप क्रिकेट मैदानमा फर्कने बाटो खुल्यो, निलम्बन फुकुवा

इकागज |
माघ १८, २०७९ बुधबार ८:२ बजे

काठमाडौँ- बलात्कारको आरोपमा थुनामा परेका नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको गरेको निलम्बन फुकुवा गरेको छ ।

मंगलबार अबरेसम्म बसेको क्यानको बोर्ड बैठकले पुर्व कप्तान लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।


किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिन अघि मात्र उच्च अदालत पाटनको सर्तसहित धरौटीमा रिहा भएको केही समय पछि क्यानले उनी माथीको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै लामिछानेलाई पुनः क्रिकेट मैदानमा फर्कने बाटो खुलेको छ । 

गत भदौ २३ मा क्यानले किशोरी बलात्कारको आरोप लागेपछि लामिछानेलाई निलम्बन गरेको थियो ।
 


Author

थप समाचार
x