पीएम कप क्रिकेट प्रतियोगिता आजदेखि, सात प्रदेश र तीन विभागीय टिम खेल्दै
काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता (पीएम कप) आजदेखि सुरू हुँदैछ ।
पीएम कप पुस २८ देखि माघ २० गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा सात प्रदेशका टिम र तीन विभागीय टिम नेपाल पुलिस क्लब, एपीएफ र नेपाल आर्मीले भाग लिनेछन् ।
हरेक टिमले एक अर्काविरुद्ध एक-एक पटक खेलेपछि शीर्ष दुईमा हुने टिमले फाइनल खेल्ने तालिका क्यानले सार्वजनिक गरेको छ । यस पटक पीएम कप पहिलो पटक काठमाडौँ बाहिर भैरहवामा पनि सञ्चालन हुँदैछ ।
एकदिवसीय फर्म्याटमा हुने पीएम कपको पहिलो दिन तीन खेल हुने तालिका रहेको छ । जसमा टियु क्रिकेट मैदानमा बागमती प्रदेशले नेपाल पुलिसको सामना गर्नेछ भने मुलपानी क्रिकेट मैदानमा कोशी प्रदेशले मधेश प्रदेशको सामना गर्नेछ ।
त्यस्तै भैरहवा क्रिकेट ग्राउण्डमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेसको सामना गर्दैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया