क्रिकेट

पीएम कप क्रिकेट प्रतियोगिता आजदेखि, सात प्रदेश र तीन विभागीय टिम खेल्दै

इकागज |
पुस २८, २०८० शनिबार ७:४१ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता (पीएम कप) आजदेखि सुरू हुँदैछ ।

पीएम कप पुस २८ देखि माघ २० गतेसम्म सञ्‍चालन हुने छ ।


प्रतियोगितामा सात प्रदेशका टिम र तीन विभागीय टिम नेपाल पुलिस क्लब, एपीएफ र नेपाल आर्मीले भाग लिनेछन् ।

हरेक टिमले एक अर्काविरुद्ध एक-एक पटक खेलेपछि शीर्ष दुईमा हुने टिमले फाइनल खेल्ने तालिका क्यानले सार्वजनिक गरेको छ । यस पटक पीएम कप पहिलो पटक काठमाडौँ बाहिर भैरहवामा पनि सञ्‍चालन हुँदैछ ।

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको पहिलो दिन तीन खेल हुने तालिका रहेको छ । जसमा टियु क्रिकेट मैदानमा बागमती प्रदेशले नेपाल पुलिसको सामना गर्नेछ भने मुलपानी क्रिकेट मैदानमा कोशी प्रदेशले मधेश प्रदेशको सामना गर्नेछ ।

त्यस्तै भैरहवा क्रिकेट ग्राउण्डमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेसको सामना गर्दैछ ।


Author

थप समाचार
x