क्रिकेट

आईसीसी क्रिकेट विश्वकप लिग- २

३२ तस्बिरमा नेपाल भर्सेस नामिबिया

इकागज |
फागुन ९, २०८० बुधबार १४:३० बजे

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई १ सय ६९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ५८ रन बनायो ।


नेपालका लागि ओपनर आशिफ शेखले ५८ रन जोड्दा कुशल मल्लले ३६, कुशल भुर्तेलले ५८ तथा दिपेन्द्र सिंह ऐरीले ६ रन बनाए । भिम सार्कीले २६ रनको योगदान गरे ।  

नामिबियाका लागि बर्नार्ड स्कोल्जले ४, जान निकोलले ४ तथा ज्याक ब्रासेल र जेरहार्ड इरासमसले १-१ विकेट हात पारे ।

नामिबियाले ब्याटिङ गरिरहेको छ । ३३ ओभर खेल्दा नामिबियाले ६ विकेट गुमाएर १३३ रन बनाएको छ ।

तस्बिरहरू : क्यान


Author

थप समाचार
x