क्रिकेट

आयरल्यान्ड उल्भ्सले नेपाल 'ए' लाई दियो २२३ रनको विशाल लक्ष्य

इकागज |
चैत १६, २०८० शुक्रबार १४:४१ बजे

काठमाडौँ- पाहुना टोली आयरल्यान्ड उल्भ्सले तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल 'ए' लाई २ सय २३ रनको लक्ष्य विशाल दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड उल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनाएको हो ।


आयरल्यान्ड उल्भ्सका लागि पिटर मुरले ४९, केड कार्मीकायलले ३८ तथा स्टेफेन डोहेनीले ३४ रन बनाए । कप्तान निल रकले ३८ रन तथा गारेथ डिलानीले ३० रनको योगदान गरे ।

नेपाल 'ए' का लागि कमल ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले १-१ विकेट हात पारे ।

यी दुई टोलीबीचको दोस्रो खेल शनिबार तथा तेस्रो खेल सोमबार हुने तालिका रहेको छ ।


Author

थप समाचार
x