स्थानीय तह निर्वाचन २०७९

तुलसीपुर उपमहानगरको मेयर र उपमेयर दुवैमा एमाले अगाडि

इकागज |
जेठ ८, २०७९ आइतबार १८:१० बजे

काठमाडौं – दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले अगाडि छ । 

हालसम्म गनिएको ४० हजार ९९८ मतमा एमालेका मेयर उम्मेदवार टीकाराम खड्काले १७ हजार २७७ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १५ हजार ९९० मत ल्याएर उनलाई पछ्याइरहेका छन् । खड्का गिरीभन्दा १ हजार २८७ मतले अगाडि छन् ।


उपमेयरमा पनि एमालेले अग्रता लिइरहेको छ । उपमेयरमा एमालेकी उम्मेदवार स्यानी चौधरीले १६ हजार ५८८ मतसहित अग्रता लिइरहेकी छन् । उनलाई एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ७९३ मतसहित उनलाई पछ्याइरहेका छन् । चौधरी ४ हजार ७९५ मतले अगाडि छिन् ।
 


Author

थप समाचार
x