स्थानीय तह निर्वाचन २०७९

७ सय १५ पालिकाको अन्तिम नतिजा सार्वजनिक : कुन दलले कति पालिका जिते ?

इकागज |
जेठ ८, २०७९ आइतबार २०:९ बजे

काठमाडौँ –स्थानीय तह निर्वाचनको मत परिणाम आउने अन्तिम चरणमा छ । ७ सय ५३ पालिका मध्ये हालसम्म ७ सय १५ पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । 

आइतबार बेलुकासम्म अन्तिम नतिजा सार्वजनिक भएका ७ सय १५ पालिकामध्ये नेपाली कांग्रेसले ३ सय १४ पालिका प्रमुख र २ सय ९२ पालिकाको उपप्रमुख जितेको छ । 


एमालेले १ सय ९३ पालिका प्रमुख र २ सय १९ पालिकाको उपप्रमुखमा जित हासिल गरेको छ । त्यस्तै नेकपा माओवादीले १ सय २० पालिकाको प्रमुख र १ सय २५ पालिकाको उपप्रमुख जितेको छ । 

त्यसैगरी जनता समाजवादी पार्टीले २९ पालिकाको प्रमुख र ३० पालिकाको उपप्रमुख पद जितेको छ । नेकपा एकीकृत समाजवादीले १४ पालिकाको प्रमुख र २१ पालिकाको उपप्रमुख पद जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १४ पालिका प्रमुख र १० पालिकाको उपप्रमुख जितेको छ । अन्य विभिन्न दल र स्वतन्त्र उम्मेदवारले जम्मा २८ पालिकामा प्रमुख र १८ उपप्रमुख पद जितेका छन् । 


Author

थप समाचार
x