फुटबल

जापानद्वारा जर्मनी स्तब्ध

इकागज |
मंसिर ७, २०७९ बुधबार २०:५२ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत एसियन पावर हाउस जापानले जर्मनीमाथि जित हात पारेको छ । समूह 'ई' को खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले स्तब्ध तुल्याएको हो ।

जापानको जितमा रित्सु डोआन र टाकुमा असानोले एक-एक गोल गरे । जर्मनीका लागि एकमात्र गोल इल्के गुन्डोगानले गरे ।


गुन्डोगानले ३३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । तर जापानका रित्सुले ७५ औँ मिनेटमा बराबरी गोल गरे ।

टाकुमाले ८३ औँ मिनेटमा गरेको गोलसँगै जापानले उपाधि दावेदार मानिएको जर्मनीमाथि जित हात पार्‍यो ।


Author

थप समाचार
x