फुटबल

फिफा विश्वकपः आज चार खेल हुँदै

इकागज |
मंसिर ८, २०७९ बिहीबार १०:१४ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज पनि चार खेलहरु हुँदैछन् । आज समूह 'जी' र समूह 'एच' का दुई-दुई खेलहरु हुनेछन् । 

पहिलो खेल समूह 'जी' मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच हुनेछ ।  स्विजरल्याण्ड र क्यामरुनबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । 


यस्तै दोस्रो खेल समूह 'एच' को उरुग्वे र दक्षिण कोरियाबीच हुनेछ । उरुग्वे र दक्षिण कोरियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

तेस्रो खेल पोर्चुगल र घानाबीच हुनेछ । समूह 'एच' मा रहेको पोर्चुगल र घानाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

बिहीबार हुने चौंथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्नेछ । समूह 'जी' मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।


Author

थप समाचार
x