फुटबल

एमबाप्पे बने पीएसजीका लागि लिग वानमा सर्वाधिक गोल गर्ने खेलाडी

इकागज |
बैशाख ३, २०८० आइतबार ९:४५ बजे

काठमाडौँ- कायलियन एमबाप्पे फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । शीर्ष स्थानको पीएसजीले दोस्रो स्थानको लेन्सलाई ३-१ ले पराजित गर्दा एमबाप्पेले कीर्तिमान कायम गरेका हुन् ।

पीएसजीको जितमा एमबाप्पेले एक गोल गरेका थिए । पीएसजीका लागि लिग वानमा एमबाप्पेको यो १ सय ३९ औँ गोल हो । उनले सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा एडिसन काभानीलाई पछि पारेका छन् । काभानीले १ सय ३८ गोल गरेका थिए ।


पीएसजीको जितमा लियोनल मेस्सी र भिटिन्हाले पनि एक-एक गोल गरे । जितसँगै पीएसजीले ३१ खेलबाट ७२ अंक जोड्दा लेन्सको ६३ अंक छ ।


Author

थप समाचार
x