फुटबल

यूरो कप छनोटः क्रोएसियामाथि वेल्सको जित

इकागज |
असोज २९, २०८० सोमबार १२:४७ बजे

काठमाडौँ- यूरो कप छनोट फुटबलअन्तर्गत वेल्सले क्रोएसियामाथि जित हात पारेको छ ।

समूह ‘डी’ अन्तर्गत आइतबार राति भएको खेलमा वेल्सले क्रोएसियामाथि २-१ गोलअन्तरको जित हात पारेको हो ।


वेल्सको जितमा दुवै गोल ह्यारी विल्सनले गरेका हुन् । क्रोएसियाका लागि मारियो पासालिकले फर्काए ।

समूह ‘डी’ अन्तर्गत वेल्सले ६ मध्ये ३ खेलमा जित हात पारेको छ । उसले एक खेलमा बराबरी खेल्दा दुई खेलमा पराजय भोगेको छ ।

यता तीन खेलमा जित तथा एक खेल बराबरी खेलेको क्रोएसियाको यो दोस्रो पराजय हो ।


Author

थप समाचार
x