फुटबल

प्रशिक्षक भिन्सेन्जो भन्छन् : लाओसविरुद्ध नेपालले आक्रामक फुटबल खेल्छ

इकागज |
असोज २९, २०८० सोमबार १३:१८ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिफा विश्वकप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालले आक्रामक फुटबल खेल्ने बताएका छन् ।

छनोटको पहिलो चरणअन्तर्गत दोस्रो लेगमा नेपालले भोलि (मंगलबार) घरेलु टोली लाओसविरुद्ध खेल्दैछ । यसअघि नेपालमा भएको पहिलो लेग १-१ को बराबरीमा टुंगिएको थियो ।


त्यसैले नेपालका लागि लाओसविरुद्धको खेल जित्नै पर्ने दवाव रहेको पत्रकार सम्मेलनका क्रममा भिन्सेन्जोले बताए ।

‘हामीले राम्रो तयारी गरेका छौ र हामी आफ्नो प्रदर्शनमाथि ध्यान दिनुपर्नेछ । यो खेल नेपाल र मेरा लागि उत्तिकै महत्वपूर्ण यदि हामी अर्को चरणमा प्रवेश गर्नुछ भने हामीले सो खेल जित्नै पर्नेछ । हामी लाओसविरुद्ध आक्रामक फुटबल खेल्नेछौं,’ भिन्सेन्जोले भने ।

नेपाली टिमका कप्तान किरण चेम्जोङले पनि लाओसविरुद्ध जित निकाल्ने विश्वास व्यक्त गरे ।

यता लाओसका प्रशिक्षक कन्लाया सिसोमभाङले नेपालसँगको खेल निकै कठिन हुने बताए ।

‘हामीले अघिल्लो खेलबाट धेरै सिकेका छौं । हामीले विश्लेषण गरेका छौं र हामीले अझ राम्रो खेल्ने प्रयास गर्नेछौं,’ उनले थपे ।


Author

थप समाचार
x