फुटबल

फिफा विश्वकप छनोटः नेपाल र लाओसबीचको दोस्रो लेग आज

इकागज |
असोज ३०, २०८० मंगलबार ९:१५ बजे

काठमाडौँ- फिफा विश्वकप फुटबल छनोटअन्तर्गतको पहिलो चरणको दोस्रो लेगमा नेपालले आज लाओसको सामना गर्दैछ ।

नेपाल र घरेलु टोली लाओसबीचको दोस्रो लेग भियनतियनेस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार साँझ ५:४५ बजेबाट सुरु हुनेछ ।


यसअघि नेपालमा भएको पहिलो लेगमा दुवै टोलीले एक-एक बराबरी खेलेका थिए । त्यसैले दोस्रो चरणमा पुग्न नेपालमाथि जित हात पार्नुपर्ने दवाव छ ।

पहिलो लेगमा दुवै टोलीले बराबरी खेलेका कारण दोस्रो लेगमा कुनै एक टिमले जित्नै पर्ने हुन्छ ।

यदि निर्धारित समयको खेल बराबरीमा टुंगिए, अतिरिक्त ३० मिनेट खेलाइने छ । यदि थप गरिएको समयमा पनि विजेताको टुंगो नलागेको खण्डमा पेनाल्टी सुटआउटबाट विजेता चयन हुनेछ ।


Author

थप समाचार
x