फुटबल

ब्रुसेल्समा गोली चलेपछि बेल्जियम र स्विडेनबीचको फुटबल खेल रोकियो

इकागज |
असोज ३०, २०८० मंगलबार ९:२९ बजे

काठमाडौँ- बेल्जियको राजधानी ब्रुसेल्समा दुई जनाको गोली हानी हत्या गरिएपछि यूरो कप फुटबल छनोटअन्तर्गत बेल्जियम र स्विडेनबीचको खेल स्थगित भएको छ ।

ब्रुसेल्समा भएको गोली कान्डमा मारिने दुवै स्विडेनमा नागरिक भएको बीबीसीले जनाएको छ ।


घटना खेल सुरु हुनअघि नै भएपनि सुरक्षाको कारण खेल मध्यान्हपछि स्थगित गरिएको थियो ।

खेलाडीहरुले मध्यान्हमा मात्र घटनाबारे जानकारी पाएका थिए ।

खेल स्थगित हुनुअघि दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।


Author

थप समाचार
x