फुटबल

इंग्ल्यान्ड यूरो कप फुटबलका लागि छनोट

इकागज |
कात्तिक १, २०८० बुधबार ९:५७ बजे

काठमाडौँ- इंग्ल्यान्डले आगामी वर्ष आयोजना हुने यूरो कप फुटबल प्रतियोगितामा स्थान सुरक्षित गरेको छ ।

समूह ‘सी’ अन्तर्गत मंगलबार राति भएको खेलमा इटालीलाई ३-१ गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्डले यूरो कपमा स्थान सुरक्षित गरेको हो ।


इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले २ तथा मार्कस रासफोर्डले १ गोल गरे । इटालीका लागि एकमात्र गोल जियानलुका स्कामाक्काले गरे ।

समूह शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ६ खेलबाट १६ अंक जोडेको छ । यता ७ खेलबाट १३ अंक जोडेको युक्रेन दोस्रो तथा ६ खेलबाट १० अंक जोडेको इटाली तेस्रो स्थानमा रहेका छन् ।

यस समूहको अर्को खेलमा युक्रेनले माल्टालाई ३-१ ले पराजित गर्‍यो । 

 


Author

थप समाचार
x