फुटबल

यूइएफएअन्तर्गतको फुटबल खेल इजरायलमा अनिश्चित समयका लागि स्थगित

इकागज |
कात्तिक ३, २०८० शुक्रबार १२:३३ बजे

काठमाडौँ- यूइएफएको स्विकृतमा संचालन हुने फुटबल खेलहरु इजरायलमा अनिश्चित समयका लागि स्थगित भएको छ ।

इजरायलमा जारी युद्धका कारण यूइएफएअन्तर्गतका फुटबल खेलहरु अनिश्चित समयका लागि स्थगित गरिएको यूइएफएले जनाएको छ ।


यसका कारण युरोपा लिग र युरोपका कन्फ्रेन्स लिगमा सहभागी जनाइरहेका इजरायली क्लबहरु माकाबी हाइफा र माकावी टेल अभिभलाई प्रभाव पार्नेछ ।

यूइएफएले इजरायली फुटबल एसोसियसन तथा माकाबी हाइफा र माकावी टेल अभिभलाई इजरायल बाहेक बैकल्पिक मैदान प्रस्ताव गर्न आग्रह गरेको छ ।


Author

थप समाचार
x