फुटबल

सिटी, युनाइटेड र लिभरपुलको जित

इकागज |
कात्तिक ५, २०८० आइतबार ८:३९ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र लिभरपुलले जित हात पारेका छन् ।

शनिबार राति भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले ब्राइटनलाई २-१ ले पराजित गर्‍यो । सिटीको जितमा जुलियन अल्भारेज र अर्लिङ हालान्डले एक-एक गोल गरे । ब्राइटनका लागि अन्सु फातीले एक गोल फर्काए ।


यता म्यानचेस्टर युनाइटेडले भने शेफिल्ड युनाइटेडलाई २-१ पाखा लगायो । युनाइटेडका लागि स्कट म्याकटोमिने र डियगो डालोटले एक-एक गोल गरे । शेफिल्डका लागि ओली म्याकबर्नीले एक गोल फर्काए ।

त्यसैगरी, लिभरपुलले एभर्टनलाई २-० ले पराजित गर्‍यो । लिभरपुलका लागि दुवै गोल मोहम्मद सालाहले गरे ।


Author

थप समाचार
x