फुटबल

बार्सिलोनाको जितमा १७ वर्षीय मार्कले गरे ३३ सेकेन्डमै गोल

इकागज |
कात्तिक ६, २०८० सोमबार ८:३८ बजे

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलअन्तर्गत बार्सिलोनाले एथलेटिको बिलबाओविरुद्ध जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले बिलबाओलाई १-० ले पराजित गरेको हो ।


बार्सिलोनाको जितमा १७ वर्षीय मार्क गुइले ८० औँ मिनेटमा निर्णायक गोल गरे ।

मैदान प्रवेश गरेको ३३ सेकेन्डभित्रै मार्कले बार्सिलोनाका लागि पहिलो गोल गरेका हुन् ।

७९ औँ मिनेटमा फर्मिन लोपेजको स्थानमा मैदानमा प्रवेश गरेका मार्कले तत्कालै गोल गरेका थिए ।

यससँगै मार्क बार्सिलोनाका लागि सबै भन्दा कम समयमा पहिलो गोल खेलाडी बनेका छन् ।


Author

थप समाचार
x