फुटबल

च्याम्पियन्स लिगः युनाइटेड र आर्सनलको जित

इकागज |
कात्तिक ८, २०८० बुधबार ६:२८ बजे

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले जित हात पारेका छन् ।

मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले डेनमार्कको एफसी कोपेनहेगनलाई १-० ले पराजित गर्‍यो । समूह ‘ए’ युनाइटेडलाई जित दिलाउन ह्यारी मागुएरले ७२ औँ मिनेटमा निर्णायक गोल गरे ।


च्याम्पियन्स लिगअन्तर्गत अघिल्ला दुई खेलमा पराजय भोगेको युनाइटेडको यो पहिलो जित हो ।

यसै समूहमा रहेको जर्मन क्लब बार्यन म्युनिखले गालातासारेलाई ३-१ ले हराउँदै लगातार तेस्रो जित हात पारेको छ ।

समूह ‘बी’ अन्तर्गत आर्सनलले स्पेनिस क्बल सेभिल्लालाई २-१ गोलअन्तरले पराजित गर्‍यो । आर्सनलको जितमा गाब्रिएल मार्टिनेली र गाब्रिएल जेससले एक-एक गोल गरे । सेभिल्लाका लागि नेमान्जा गुडेल्जले एक गोल फर्काए ।

तीन खेलमा आर्सनलको यो दोस्रो जित हो ।


Author

थप समाचार
x