फुटबल

ग्लोब सकर अवार्डमा म्यानचेस्टर सिटीको दबदबा

इकागज |
माघ ६, २०८० शनिबार १२:१२ बजे

काठमाडौँ- दुबई ग्लोब सकर अवार्डमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले वर्चश्व जमाएको छ । युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा शुक्रबार राति सम्पन्न १४ औँ संस्करणको अवार्ड कार्यक्रममा सिटीले ६ वटा अवार्ड हात पार्‍यो ।

गत सिजन इंग्लिस प्रिमियर लिग, एफए कप, यूइएफए च्याम्पियन्स लिग, यूइएफए सुपर कप तथा फिफा क्लब विश्वकपको उपाधि जितेको सिटीले उत्कृष्ट पुरुष टिमको अवार्ड जित्यो ।


सिटीका नर्वेजियन स्ट्राइकर अर्लिङ हालान्डले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड हात पारे । हालान्डले करिम बेन्जेमा, कायलियन एम्मबाप्पे, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् ।

सिटीकै प्रशिक्षक पेप गुआर्डियोलाले उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्दा सिटीका अध्यक्ष खाल्डुन अल मुबारकले उत्कृष्ट क्लब अध्यक्षको अवार्ड प्राप्त गरे ।

म्यानचेस्टर सिटीकै रोड्रिगोले उत्कृष्ट मिडफिल्डरको अवार्डबाट सम्मानित भए  । उनले सिटीकै केभिन डी ब्रुयन र बर्नार्डो सिल्भासँगै जुन बेलिङ्घम र लुका मोड्रिचलाई पछि पारेका थिए ।

सिटीकै एन्डरसनले उत्कृष्ट गोलरक्षकको अवार्ड प्राप्त गरे । उनले थिबाउट कर्टोइस, यासिन बोउनोउ र आन्द्रे ओनानालाई पछि पारेका थिए ।

र, यो पनि


Author

थप समाचार
x