फुटबल

पिएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

इकागज |
फागुन २३, २०८० बुधबार ७:४१ बजे

काठमाडौँ- पिएसजी युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ ।

च्याम्पियन्स लिगको राउण्ड १६ अन्तर्गतको दोस्रो लिगमा रियल सोसिडाडलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-१ को नतिजा सहित पिएसजी क्वार्टरफाइनलमा पुगेको हो ।


पिएसजीको जितमा किलियन एम्बाप्पेले दुवै गोल गरेका थिए । उनले खेलको १६औँ र ५६औँ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै रियल सोसिडाडका लागि एक गोल मिकेल मेरिनोले गरेका थिए ।

यसअघि पहिलो लिगमा पिएसजीले २-० को जित निकालेको थियो । 


Author

थप समाचार
x