फुटबल

आर्सनल शीर्ष स्थानमा उक्लिँदा युनाइटेडको जित

इकागज |
फागुन २७, २०८० आइतबार १०:२४ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत आर्सनल शीर्ष स्थानमा उक्लिँदा म्यानचेस्टर युनाइटेडले पनि जित हात पारेको छ ।

शनिबार राति सम्पन्न खेलमा ब्रेन्टफोर्डलाई २-१ गोलअन्तरले पराजित गर्दै आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।


आर्सनलको जितमा डेक्लन राइस र काइ हाभार्जले एक-एक गोल गरे । ब्रेन्टफोर्डका लागि योआने विसीले एक गोल फर्काए ।

जितसँगै आर्सनलले २८ खेलबाट ६४ अंक जोडेको छ । यता दोस्रो स्थानमा झरेको लिभरपुलको २७ खेलमा ६३ अंक छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २-० गोलअन्तरले पाखा लगायो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज र मार्कस रासफोर्डले एक-एक गोल गरे ।

जितसँगै छैटौं स्थानमा रहेको युनाइटेडले २८ खेलबाट ४७ अंक जोडेको छ । १६ औँ स्थानमा रहेको एभर्टनको भने २५ अंक छ ।


Author

थप समाचार
x