फुटबल

भारतलाई हराउँदै बंगलादेश बन्यो साफ यू-१६ फुटबलको च्याम्पियन

इकागज |
फागुन २७, २०८० आइतबार १७:३९ बजे

काठमाडौँ- नेपालमा सम्पन्न साफ यू-१६ महिला फुटबल च्याम्पियनसीपको उपाधि बंगलादेशले जितेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा आइतबार सम्पन्न फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।


बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्‍यो ।

यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटबाट उपाधि विजेताको चयन गरिएको हो ।

निर्धारित समयको चौथो मिनेटमा अनुष्का कुमारीको गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

तर खेलको ७० औँ मिनेटमा बंगलादेशकी मरिम हन्नाले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएकी थिइन् ।


Author

थप समाचार
x