फुटबल

क्लब छाड्ने निर्णयबाट पछि हट्दिन : बार्सिलोनाका प्रशिक्षक जाभी

इकागज |
चैत १७, २०८० शनिबार १०:३१ बजे

काठमाडौँ- स्पेनिस फुटबल क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले क्लब छाड्ने निर्णयबाट आफू पछि नहट्ने बताएका छन् ।

गत जनवरीमा जाभीले जारी सिजनको अन्त्यपछि बार्सिलोनाको मुख्य प्रशिक्षकको जिम्मेवारी त्याग्ने घोषणा गरेका थिए ।


स्पेनिस ला लिगाअन्तर्गत गत जनवरी २७ तारिखमा भिल्लारियलसँग घरेलु मैदानमै ५-३ गोलअन्तरको पराजय भोगेपछि जाभीले बार्सिलोना छाड्ने घोषणा गरेका थिए ।

तर त्यसपछि बार्सिलोनाले ला लिगाको ८ मध्ये ६ खेलमा जित हात पार्दा २ खेलमा अंक बाँडेको थियो । साथै बार्सिलोनाले जारी सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा समेत स्थान बनाउन सफल भयो ।

तर शुक्रबार आयोजित एक पत्रकार सम्मेलनका क्रममा बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले जाभीलाई अर्को सिजन पनि बार्सिलोनामै बस्न आग्रह गरेको भएपनि जाभीले भने आफू क्लब छाड्ने निर्णयबाट पछि नहट्ने बताएको सिन्ह्वाले जनाएको छ ।


Author

थप समाचार
x