फुटबल

सहिद स्मारक लिगमा बीबीसी अपराजित

इकागज |
मंसिर १३, २०७८ सोमबार १५:१८ बजे

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबार ब्रिगेड ब्याइज क्लब (बीबीसी) र न्युरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा दुवै टिमले गोल गर्न सकेनन् । बीबीसीका लागि नयाँ सिजनको लिगमा यो पहिलो बराबरी हो । उता एनआरटी भने आफ्नो पहिलो खेलमा पनि बराबरीमा रोकिएको थियो । 

यो बराबरीसँगै बीबीसीको दुई खेलबाट चार अंक छ । पहिलो चरणको खेलमा बीबीसीले एपीएफ फुटबल क्लबलाई हराएको थियो । एनआरटी भने मछिन्द्रसँग २–१ को हार बेहोरेको थियो । सोमबारको दोस्रो खेलमा मछिन्द्र र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  
 



Author

थप समाचार
x