घटना-दुर्घटना

बस्तीमै बसेर बाघले आक्रमण गर्दा चितवनका अनिल तामाङको मृत्यु

इकागज |
साउन २१, २०८० आइतबार २२:१३ बजे

फाइल फोटो

चितवन - बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ रहेका छन् । 

खैरहनी नगरपालिका–१२ सहनपुरस्थित केरा घारीमा बाघको आक्रमणबाट आज दिउँसो तामाङ मृत्यु भएको वडा नं १२ का वडाध्यक्ष केदार पन्तले जानकारी दिए । शव केराघारीबाट निकालिएको र पोष्टमार्टमका लागि भरतपुर पठाउने तयारी भइरहेको पन्तले बताए ।  बाघ बस्तीमा छिरेर मान्छे आक्रमण गरेपछि दिनभर गाउँमा त्रास फैलिएको थियो । 


चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको छ । बाघ शनिबारदेखिनै प्राविधिकको निगरानीमा रहेको भन्दै खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला नपरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । चितवनमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुनेक्रम रोकिएको छैन । रासस


Author

थप समाचार
x