घटना-दुर्घटना

सर्पले टोकेर कपिलवस्तुमा दिदीबहिनीको मृत्यु

इकागज |
असोज १७, २०८० बुधबार २०:१५ बजे

सांकेतिक तस्विर

बुटवल - कपिलवस्तुको बाणगंगामा सर्पले डसेर दिदीबहिनीको मृत्यु भएको छ । नगरपालिकाको वडा ९ का तीन वर्षीय रीतिका क्षेत्री र ८ वर्षीय इशिका क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । 

मंगलबार राति अन्दाजी १२ बजे सर्पले डसेको बुबा मोतीलाल क्षेत्रीले बताए । बिहान ४ बजेतिर बिस्तारामा सर्प देखिएपछि सर्प दंशको लक्षण देखिएकी इसिकालाई उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । 


स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए ।  
दिदीलाई उपचार गर्दैगर्दा रीतिकामा सर्प दंशको लक्षण देखिएको स्थानीय नवराज बेल्वासेले बताए । त्यसपछि दिदीबहिनीलाई उपचारका लागि बुटवल लगिएको थियो । रीतिकाको बुधबार बिहान मृत्यु भएको थियो भने इशिकाको बुधबार साँझ ६ बजे मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले जानकारी दिएका छन् ।


Author

थप समाचार
x