घटना-दुर्घटना

रातु खोला पुलबाट हाम फाल्दा बैतडीका सैनिक जवानको मृत्यु

इकागज |
असोज २८, २०८० आइतबार २२:७ बजे

जनकपुरधाम - धनुषाको धारापानीस्थित ब्यारेकमा रहेका एक सौनिकको हाम फाल्दा मृत्यु भएको छ । 

धनुषाको लालगढ र महोत्तरीको बर्दिवासको बीचमा रहेको रातु खोलको पुलबाट हाम फाल्दा सैनिक जवान विक्रम सिँह बोहराको मृत्यु भएको हो ।


धनुषाको धारापानीस्थित रहेको स्कूल टोल ब्यारेकका जवान बोहराले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 

घटनास्थलमा पुगेको प्रहरीको टोलीले घटनाको बारेमा अनुसन्धान भईरहेको जनाएको छ । बोहरा धारापानी स्कूल टोल ब्यारेकबाट धनुषा महोत्तरीको रातु पुल नजिक किन गएको भन्ने बारे प्रष्ट भएको छैन ।

उनी बैतडी जिल्लाको रहेको परिचय पत्रमा उल्लेख छ । उनीसँगै उनको परिचय पत्र भेटिएपछि उनी सेनाको कर्मचारी रहेको थाहा भएको हो । 


Author

थप समाचार
x