घटना-दुर्घटना

बसले ठक्कर दिँदा दुई वर्षीया बालिकाको मृत्यु​

इकागज |
माघ २४, २०८० बुधबार १९:२६ बजे

बारा- बारामा बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । सुवर्ण गाउँपालिका-२ सतगंज बोर्डरमा ना३ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-८ मदरसा टोलकी मुना साहकी दुई वर्षीया छोरी अंतिमाकुमारी साहको आज मृत्यु भएको हो । 

बसबाट ओर्ली बाटोमा हिँड्ने क्रममा बसको पछाडिको चक्काले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । 



Author

थप समाचार
x