घटना-दुर्घटना

मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु

इकागज |
माघ २४, २०८० बुधबार १९:३० बजे

विराटनगर- विराटनगर महानगरपालिकाले बिहीबार बिदा दिएको छ । मोटरसाइकल दुर्घटनामा परी कर्मचारीको मृत्यु भएपछि महानगरपालिकाले अत्यावश्यक सेवाबाहेकमा बिदा दिएको हो । 

मंगलबार राति मोरङको ग्रामथान गाउँपालिकामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा विराटनगर-३ नम्बर वडा कार्यालयमा कार्यरत कटहरी गाउँपालिका-७ का ३२ वर्षीय मनोज विश्वासको मृत्यु भएको थियो ।


मंगलबार बेलुका ८:१० बजेतिर ग्रामथान-२ सुखानी खोला छेउमा झोराहाटबाट थलाहातर्फ जाँदै गरेको को २३ प ४९ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

आफैँ अनियन्त्रित भई मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएपछि चालक विश्वास गम्भीर घाइते भएका थिए । टाउकोमा चोट लागेका विश्वासको विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएकोमा बेलुका पौने ९ बजेतिर डाक्टरले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परेको मोटसाइकल प्रहरी चौकी झोराहाटको नियन्त्रणमा रहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।


Author

थप समाचार
x