प्रमुख समाचार

‘जनादेश मेरो पक्षमा थियो, परमादेश शेरबहादुरजीको पक्षमा आयो’

इकागज |
असार २९, २०७८ मंगलबार १४:५३ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा भए पनि सर्वाेच्च अदालतको परमादेश शेरबहादुर देउवाको पक्षमा आएको भन्दै आपत्ति जनाएका छन् । आज देशवासीको नाममा सम्बोधन गर्दै ओलीले सत्ताबाट बाहिरिँदै गर्दा आफूलाई केही चिन्ता नभएको पनि बताए । 

‘जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको पक्षमा आयो,’ उनले भने, ‘ परमादेशका कारण म सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु ।’ ओलीले जनतामाथि विश्वास हिजो पनि गरेको र आज पनि विश्वास रहेको बताए ।  



Author

थप समाचार
x