दल

मेरो एक मात्र एजेण्डा देशको विकास र समृद्धिः ओनसरी घर्ती

इकागज |
कात्तिक ९, २०७९ बुधबार १४:१ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन् ।

बुधबार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धिबाहेक अरू कुनै एजेण्डा आफूहरूसँग नभएको बताएकी हुन् । उनले अझै पनि आफूहरूले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई क्रमशः समृद्ध बनाउँदै लाने जिकिर गरे ।


घर्तीले विगतमा गरिएका सम्पूर्ण कामहरूको पनि जिम्मेवारी लिने बताइन् ।

सत्तारूढ गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेकी नेता घर्तीले आफू निर्वाचित भएमा सबै पेशा, व्यवसायका मानिसहरूको हक अधिकारहरूको सुनिश्चित हुने गरी कानुन बनाउने उल्लेख गरिन् ।


Author

थप समाचार
x