दल

एकीकृत समाजवादीले कांग्रेसको भन्दा १५० युनिट बढी बिजुली नि:शुल्क दिने

इकागज |
कात्तिक १४, २०७९ सोमबार १४:११ बजे

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दै मासिक २ सय युनिट विजुली निःशुल्क दिने घोषणा गरेको हो । सोमबार तिनकुने स्थित पाटीकार्यलयबाट  घोषणापत्र सार्वजनिक गर्दै एकीकृत समाजवादीले यस्तो निणर्य गरेको हो ।

‘तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिकरूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने,’ विज्ञप्तिमा लेखिएको छ, ‘तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान र विजुली उपभोगमा सहुलियत दिन पहल गरिने छ ।’ यस अघि कांग्रेसले मासिक ५० युनिट विजुली निशुल्क दिने संकल्प गरेको थियो । 


घोषणापत्रमा गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि सेयर उपलब्ध गराउने उल्लेख गरिएको छ । ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्दै आकर्षक प्रतिफल दिने,’ घोषणा पत्रमा लेखिएको छ, ‘जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गर्ने गरि व्यवस्था मिलाइने छ । यस्ता परियोजनामा लगानी गर्न स्वदेश र प्रवासमा रहेका, गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गरिने छ ।’
 


Author

थप समाचार
x