दल

रुपन्देही-२ : एमालेका विष्णु पाैडेल चौथो पटक विजयी

इकागज |
मंसिर ९, २०७९ शुक्रबार २१:४ बजे

फाइल तस्बिर

बुटवल - रुपन्देही-२ मा नेकपा एमालेका विष्णु पाैडेल विजयी भएका छन् । पाैडेलले २७ हजार १४७ मत प्राप्त गर्दै रुपन्देहीबाट चाैथाे पटक विजयी भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पाैडेलले २५,७८१ मत प्राप्त गर्दै दाेश्राे भए । १३ सय ६६ मतान्तरमा पाैडेल विजयी भए ।


राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापाले २२ हजार ००८ मत प्राप्त गरे । यधपि औपचारिक घोषणा हुन भने बाँकी छ । विवाद भएपछि अन्यदलका प्रतिनिधिले गणना बहिस्कार गरेका थिए ।


Author

थप समाचार
x