दल

ओलीलाई भेट्न बालकोट जाँदै प्रचण्ड

इकागज |
पुस १०, २०७९ आइतबार १३:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- बालुवाटरमा जारी सत्ता गठबन्धनको बैठक सकिएको छ । नयाँ जनादेशअनुसार सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बिहान करिब ११ बजेदेखि छलफलमा थिए । 

बैठकको सुरुमा प्रचण्ड, नेपाल र देउवा मात्रै सहभागी थिए पछि खनाल थपिएका हुन् । 


बैठक सकिएलगत्तै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतिर लागेको स्रोतको भनाइ छ । गठबन्धन बैठकमा सहमित जुट्न नसकेको स्रोतको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आज बेलुकी पाँच बजेसम्मको समय दिएपछि नेताहरू दौडधुपमा छन् । 

र, यो पनि


Author

थप समाचार
x