दल

नेकपा एसले वैशाख नौ गते नेकपा स्थापना दिवस मनाउने

इकागज |
बैशाख १, २०८० शुक्रबार १६:११ बजे

काठमाडौँ- माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले वैशाख नौ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ । शुक्रबार काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख नौ गते अर्थात् २२ अप्रिलका दिन केन्द्रमा एउटा कार्यक्रम गर्ने र देशव्यापी रूपमा पनि विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।


बैठकले आ–आफ्नो अनुकूल हुने गरी त्यस अवसरमा देशव्यापी रूपमा कार्यक्रम गर्न पनि मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ ।

 


Author

थप समाचार
x