दल

नक्कली भुटानी शरणार्थी प्रकरणले विश्वसामु देशको शिर निहुरियो, हामी लज्जित छौं : डा. शेखर

इकागज |
बैशाख ३०, २०८० शनिबार ९:४१ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको बताएका छन् । कोइरालाले सामाजिक सञ्जालमा लेख्दै भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्कर गर्नु लज्जाको विषय भएको बताएका हुन् । 

कोइरालाले राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्ने बताए । उनले लेखेका छन्, 'यो देशको शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढ्दो छ, यसले हामीले दशकौ संघर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको छ।'


भ्रष्टाचार विरुद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने उनले प्रतिबद्धता व्यक्त गरे । 


Author

थप समाचार
x