दल

देशमा देखिएका समस्या समाधान नगरे अवस्था गम्भीर हुने भन्दै माधव नेपालले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

इकागज |
असोज १३, २०८० शनिबार २२:२४ बजे

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेपालसहित सो पार्टीका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

प्रधानमन्त्री दाहाल अमेरिका र चीन भ्रमण पूरा गरी स्वदेश फर्किएलगत्तै नेताहरू बालुवाटार पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । समाजवादीले देशको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै समस्याहरू छिट्टो समस्या गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।


ध्यानाकर्षणपत्र बुझाउँदै नेपालले मुलुकको मुख्य समस्या आर्थिक मन्दी रहेको र त्यसकै कारण समाजमा निराशा, कुण्ठा, अराजकता विस्तार भएको बताएका छन् ।

देशमा रोजगारी गुम्दै गएको, महँगी बढेको, श्रमजीवी, मजदुर र गरिबको जीवन झन् कष्टकर बनेको पत्रमा उल्लेख छ ।

 


Author

थप समाचार
x