दल

कोशी प्रदेशका मुख्यमन्त्री सर्वदलीय सरकारको पक्षमा

इकागज |
कात्तिक १८, २०८० शनिबार १८:५९ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू सर्वदलीय सरकार गठनको पक्षमा रहेको बताएका छन् । 

आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर उनले वर्तमान सरकारलाई सर्वदलीय स्वरूप दिन नै आफूले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्यलाई मन्त्रिपरिषदमा सामेल गराएको स्पष्ट गरे । साथै उनले सरकारले चाँडै पूर्णता पाउने बताए । 


कोशी प्रदेशको भौतिक विकासका निम्ति आफू लागिपरेको बताउँदै मुख्यमन्त्री कार्कीले सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको दाबी गरे । उनले कृषिलाई निर्यातमुखी बनाउन ठोस योजनाका साथ अघि बढ्ने दृढता व्यक्त गरे ।


Author

थप समाचार
x