दल

राप्रपाले भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने

इकागज |
कात्तिक १९, २०८० आइतबार १३:४९ बजे

फाइल फोटो

काठमाडौं - राप्रपाले भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । 

आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले जाजरकोट भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । 


बैठकले जाजकोट भूकम्पबाट प्रभावित परिवारलाई राहत पुर्‍याउन पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको एक महिनाको तलब र पार्टीको तर्फबाट गरी २५ लाख रुपैयाँ नेपाल सरकारलाई प्रदान गर्ने निर्णय गरेको पार्टी प्रवक्त मोहन श्रेष्ठले जानकारी दिए । ।‍

 जाजरकोट भूकम्पले जाजरकोट तथा रुकुम पश्चिममा भएको जनधनको क्षतिप्रति राप्रपाले दुःख व्यक्त गर्दै भूकम्पका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ  । 

साथै उद्धार, खोजतलासका कार्यहरु गर्न, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न र राहत एवं पुनःस्थापनाका कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारको राप्रपाले ध्यानाकर्षण गराएको छ । 

 भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोट जिल्लाका लागि प्रतिनिधि सभासदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) को संयोजकत्वमा र रुकुम पश्चिम जिल्लाका लागि पार्टीका सहायक महामन्त्री सौरेन्बहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय गरिएको छ। 

राप्रपाले भूगोल केन्द्रित जिम्मेवारी कार्यक्रममध्ये जाजरकोट र रुकुम पश्चिम जिल्लाका कार्यक्रमहरू आगामी १५ मंसिरसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । साथै पार्टीले गर्ने आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रमहरु कार्तिक मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 
 कारखाना


Author

थप समाचार
x