दल

सरकारले संघीयतासम्बन्धी कानुन तत्काल निर्माण गर्छ : कांग्रेस

इकागज |
पुस १५, २०८० आइतबार १७:११ बजे

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसले संघीयतासँग सम्बन्धित कानुनहरू तत्काल निर्माण गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले संघीयताको कार्यान्वयन र जनताको मौलिक हक कार्यान्वयनका लागि संघीयतासँग सम्बन्धी संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन, विद्यालय शिक्षा ऐन तत्काल पारित गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले संसदमा पारित हुने क्रममा रहेका संघीयतासम्बन्धी ऐनहरू तत्काल पारित गर्न पार्टीले सरकारसँग माग गरेको जानकारी दिए ।


कांग्रेसले संघीयता कार्यान्वयनमा ढिलाई हुँदा जनतामा निराशा छाएको उल्लेख गर्दै सरकारले त्यससँग सम्बन्धित कानुन निर्माणमा ढिलाई गर्न नहुने निष्कर्ष निकालेको छ ।

 


Author

थप समाचार
x