दल

दूतावासबाट रकम दिने कुरा गलत भएकाले सच्याउनुपर्छ : खनाल

इकागज |
पुस २१, २०८० शनिबार १६:५३ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कुनै पनि देशको दूतावासबाट रकम दिने कुरा गलत भएकाले यसलाई सच्याउनुपर्ने बताएका छन् ।

शनिबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले कुनै पनि देशबाट अनुदान वा सहयोगमा रकम लिन सक्ने भए पनि दूतावासबाट रकम दिने कुरा देशको हितमा नरहेकाले सच्याउनुपर्ने बताए । भारतीय दूतावासलाई २० करोडका योजनाहरू नेपालभरि सोझै बाँड्न र लागू गर्न दिने गरी भएको सम्झौता राष्ट्रिय हित विरोधी भएको उनले बताए ।


खनालले सरकारले योजना बनाएर देशको विकास गर्ने अधिकारलाई सुरक्षित राख्न सरकारले नसकेको तर्क गरे ।​ उनले भारतीय दूतावासले सिधै रकम दिँदा दुरुपयोग हुन सक्ने धारणा राखे ।


Author

थप समाचार
x